दफा १३
हाजिर हुनु पर्ने
(१) यस ऐन बमोजिम समायोजन भएका वा खटाइएका प्रहरी कर्मचारी बाटोको म्याद बाहेक पन्ध्र दिनभित्र समायोजन गरिएको वा खटाइएको प्रदेशमा हाजिर हुनु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि समायोजन हुँदा वा खटाउँदाका बखत देहायको अवस्थामा रहेको प्रहरी कर्मचारीले देहायको अवधि समाप्त भएको पन्ध्र दिनभित्र सोही उपदफा बमोजिम प्रदेशमा हाजिर हुनु पर्नेछ:-
(क) प्रसूति बिदा वा प्रसूति स्याहार बिदामा बसेको प्रहरी कर्मचारीले त्यस्तो बिदा समाप्त भएको,
(ख) मृत्यु संस्कार वा किरिया बिदामा बसेको प्रहरी कर्मचारीले त्यस्तो बिदा समाप्त भएको,
(ग) निलम्बनमा रहेको प्रहरी कर्मचारीले त्यस्तो निलम्बन समाप्त भएको,
(घ) अध्ययन बिदामा बसेको प्रहरी कर्मचारीले त्यस्तो बिदा समाप्त भएको,
(ङ) बिरामी परी अस्पताल भर्ना भएको प्रहरी कर्मचारीले अस्पतालबाट डिस्चार्ज भएको ।
(३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) वा (२) बमोजिमको अवधिभित्र हाजिर नहुने प्रहरी कर्मचारीलाई विभागीय सजायको आदेश दिन पाउने अधिकारीले सेवाबाट अवकाश दिनेछ।
(४) उपदफा (३) बमोजिम प्रहरी कर्मचारीलाई सेवाबाट अवकाश दिनुपूर्व प्रचलित कानून बमोजिम सफाई र स्पष्टीकरण पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(५) उपदफा (३) बमोजिम अवकाश पाएको प्रहरी कर्मचारीले प्रचलित कानून बमोजिमको सुविधा पाउनेछ ।
(६) सम्बन्धित प्रदेशको अधिकारप्राप्त अधिकारीले यस ऐन बमोजिम प्रदेशमा समायोजन हुने प्रहरी कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनु पर्नेछ।
(७) उपदफा (६) बमोजिम हाजिर नगराउने र जिम्मेवारी नदिने अधिकारीलाई प्रचलित कानून बमोजिम विभागीय कारबाही गरिनेछ ।